प्रतिगामीलाई ३० वैशाखको निर्वाचनले दण्डित गर्छ : अध्यक्ष नेपाल
Published: (Updated: )
by .काठमाडौ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने बताएका छन् ।
प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत् जनताले पुरस्कृत गर्ने उनको विश्वास छ ।
होलीको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दण्डित र पुरस्कृत गर्ने समय ३० वैशाख भएको बताए ।
एमालेले निर्वाचन जितेको अवस्थामा ‘समाज बाँच्न लायक’ नहुने भन्दै ओलीप्रति कटाक्ष पनि गरे ।
कार्यक्रममा उनले होली पर्वले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र एकता भाव जगाउन सकून् भन्दै शुभकामना पनि व्यक्त गरेका छन् ।
Comments