Sajhamanch Archive

गीतले माओवादी युद्धलाई गलत रुपमा नअर्थ्याएकाे,गायक प्रकाश सपुतको भनाइ

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, समाज, by .

काठमाण्डौ – गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर‘ ले माओवादी युद्ध र आन्दोलनलाई कतै पनि गलत रूपमा नअर्थ्याएको बरु परिवर्तनको जस दिइएको स्पष्ट पारेका छन।

फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले गीतमा युद्धकै जगबलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको बताए। उनले समानताका लागि लडेकाहरू बीचको असमानाको दुरी देखाउन खोजेको र परिवर्तनका लागि लडेका हरुको उचित समान हुन नसक्नु चै विडम्बना रहेको बताए। एक आम नागरिकले सरकारसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्न कोसिस गरेको भन्दै उनले यो विषयमा सञ्चारमाध्यममा पढिँदै, लेखिँदै आएको र स्वीकारिएको विषयसमेत भएको प्रस्ट पारेका छन।

गायत सपुतले आफूले कसैको सहयोग र सल्लाहमा नभइ आफ्नै सोच र विचारले यो गीत बनाएको भन्दै यसलाई राजनीति गरेर कुनै कित्तामा नउभ्याइदिन पनि आग्रह गरेका छन । भिडियोमा भएका कुनै दृष्यले कसैको आत्मसम्मानमा चोट पुगेकोमा माफी माग्दै सपुतले भनेका छन ,’सिर्जना र स्वतन्त्रताको कुरा गरौँ तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु । मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु ,मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ।’

यस्तै उनले भिडियोमा प्रस्तुत गरिएका पात्र वास्तविक नै रहेको र आफूले देखेको, सङ्गत गरेका चरित्रलाई गीतमा उतारेको फेसबुकमार्फत उल्लेख गरेका छन । सपुतले माओवादी युद्धमा लागेका तत्कालीन लडाकुले अहिले जीवन निर्वाह गर्न सङ्घर्ष गर्नुपरेको र देह व्यापारमा समेत लाग्नुपरेको लगायतका विभिन्न पक्षलाई समेटेर गीत ल्याएछि केहीले आलोचना र धेरैले समर्थन गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *