Sajhamanch Archive

आइसिसी विश्वकप लिग -२ क्रिकेटमा यूएईले दियो नेपाललाई १६९ रनको मध्यम लक्ष्य

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौ, आइसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा आयोजक युएईले नेपाल समक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको युएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै १७८ रन बनायो ।

युएईका लागि रोहन मुस्ताफा र चन्दन ग्पोयल रिजवानले ४०-४०, मोहम्मद वसिमले २१ र कासिफ दाउदले १८ रनको योगदान दिए ।

पाँचौ विकेटका लागि रोहन र चन्दनग्पोयलले ७७ रनको साझेदारी गर्दै युएईको पारी उकासेका थिए ।

नेपालका लागि सोमपाल कामीले ४, करण केसीले ३ तथा सागर ढकाल, कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट हात पारे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *