स्थानीय निर्वाचनको मनोनयन दर्ता ११ र १२ वैशाखमा, यस्तो छ तालिका
Published:
by .काठमाडौ, स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्न दुई दिन समय दिने प्रस्ताव लगेको छ ।
स्थानीय तहको निर्वाचनका लागि ११ र १२ वैशाखमा मनोनयन दर्ताको समय तोक्ने गरी आयोगले प्रस्ताव लगेको हो ।
आयोगको तालिकाअनुसार १२ गते बेलुका मनोनयन-पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन, १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय दिइने छ ।
यसैगरी, १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ ।
सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगको बैठकमा कार्यतालिकाबारे छलफल भए पनि निर्णय नभएको छैन ।
स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा एकैचरणमा हुँदैछ ।
Comments