Sajhamanch Archive

होलीको अवसरमा कमल नगर जेसीज र लायन्स, लियो गरे जेब्राक्रस निर्माण

Published: in विविधा, समाज by .

कमल । कमल नगर जेसीज, लायन्स क्लव अफ केर्खा र लियो क्लव अफ केर्खाको संयुक्त आयोजनामा आज होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।

कमल गाउँपालिका १ स्थित कमल पोखरी सामुदायिक भवनको सभाहलमा सम्पन्न होली मिलन कार्यक्रम गरेको हो । होलीकै अवसरमा वडा नम्वर २ स्थित महेन्द्र रत्न माध्यमिक द्यिालयको गेट अगाडी र समायगढ चौकमा सडक दुर्घटना न्युनिकरणकालागी जेब्रा क्रसिङ्ग समेत बनाएको आयोजकले जनाएको छ ।
कार्यक्रममा े प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले जेसीजले युवाहरुलाई विभिन्न जिम्मेवारी दिएर युवाहरुको नेतृत्व विकास गर्ने काम गर्दै समाज परिवर्तनमा राम्रो सहयोग बताए ।

कार्यक्रममा पुजन थापा, नविना निरौला, सुजा सुब्बा, प्रतिमा दाहाल लगायत १५ जनालाई कमल नगर जेसीजको सदस्यता प्रदान गर्नुका साथै वहाहरुलाई विभिन्न जिम्मेवारी समेत प्रदान गरिएको थियो ।

गाउँपालिका भित्र धेरै समाजिक रुममा काम गर्ने सघ संस्था भएतापनि प्रभाव कारी रुपमा काम गर्न नसकेको गुनासो गर्दै लायन्स क्लबका अध्यक्ष देवेन्द्र दाहालले लायन्स र जेसीज मिलेर जेब्राक्रस निर्माण गरिको बताए । उनले भने, समाज रुपान्तरणका लागि ठूलो होइन तर समाजलाई आवश्यक परेको काम गर्न सके त्यसको महत्व धेरै हुन्छ ।

४० वर्ष मुनिका युवालाई जेसीजले थुप्रै कुरा सिकाएको छ । सामाजिक काम गर्दागर्दै युवाहरुमा नेतृत्व विकास हुने र भोलीको दिनमा समाजमा उदारणीय काम गनै सक्ने लायन्स क्लव अफ केर्खाका सस्थापक अध्यक्ष लायन अग्नि प्रसाद कोईरालाले बताए ।

संयोजक लोकवहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कमल नगर जेसीजका वर्ष २०२२ का महासचिव भिम अधिकारीले सन्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *