सतासीधाम र सुरुङ्गा जेसीजको होली मिलन कार्यक्रम सम्पन्न
Published:
by .सुरुङगा । सुरुङगा जेसीजले होली मिलन कार्यक्रम गरेको छ । कोरोनाका कारण नखेलिएको होली । आज कनकाई – ३ सुरुङ्गा चोक स्थित पुर्व बस स्टेन उत्तर होटल डिलाईटको प्रागणमा एक कार्यक्रमको आयोजना गरी होली मिलन कार्यक्रम गरिएको सास्कृतिक संयोजक सारिका गिरीले जानकारी दिइन् ।
वर्ष २०२२ की अध्यक्ष सुस्मा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको आस्था वाचन संयोजक सारिका गिरीले गरेकी थिइन् । कार्यक्रमकी प्रमुख अतिथि कनकाई नगर उपप्रमुख मन्जु प्रसाईंलेले होली पर्वका अवसरमा विभिन्न रंग दल्ने परम्परा रहे पनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टहरुले अनुहार, कपाल र शरीर रंगाउने गरिएकाले त्यस्ता, इनामेल पेन्टहरु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले सचेत भई रंग खेल्न सबैलाई आग्रह समेत गरिन् ।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख प्रसाईंलेले यस्ता सामाजिक सघ सस्थाका कारण पछिल्लो समय महिलाहरू लाई अगाडी बढन मद्दतपुग्ने गरेको बताइन् ।
पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो ।
त्यस्तै सतासीधाम जेसीजले पनि होली मिलन कार्यक्रम सम्पन गरेको छ । शिवसताक्षीको दूधेमा आज एक कार्यक्रमका बीच सतासीधाम जेसीजले होली मिलन कार्यक्रम सम्पन्न गरेको वर्ष २०२२ अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि पर्शुराम ढुंगाना, नेपाली कांग्रेस नगर सभापति अशोक बस्नेत, नेपाल जेसीका राष्ट्रिय उपाध्यक्ष कुमारसिंह साँवाले होलीको अवसरमा सबैलाई शुभकामना दिएका थिए ।
होली मिलनको औपचारिक कार्यक्रम पश्चात सबै अतिथिहरुसँग सतासीधाम जेसीजले रंगलाई दिएर रमाइलो गरेका थिए ।
Comments