Sajhamanch Archive

तीन स्तन भएकी मोडल र्‍याम्पमा उत्रिएपछि…

Published: (Updated: ) in विविधा, by .

इटली । तीन वटा स्तन भएका महिला कस्ता होलान् ? यो अनौठो कल्पना धेरैले गर्दैनन् । तर इटालीको ऐतिहासिक सहर मिलानमा हालै सम्पन्न फेसन सोमा तीन स्तन भएका मोडल र्याम्पमा उत्रिए ।

इटालीको स्ट्रिटवेयर ब्रान्ड ‘जीसीडीएस(गड क्यान्ट डिस्ट्रोय स्ट्रिटवेयर)’ले तीन जना यस्तै मोडललाई क्याटवाकमा उतारेको हो । खासमा ती मोडल तीन वटा स्तन भएको ब्रा ‘लाइक्रा स्पोर्ट्स ब्रा’मा सजिएर र्याम्पमा उत्रिएका हुन् ।

जुन दोस्रो ग्रहका महिलाको काल्पनिक चित्रण हो । फेसन दुनियामा सृजनशील मानिने यो डिजाइनमा विश्व विख्यात मोडलहरु प्रस्तुत भएका हुन् । फेसन सोमा उनीहरु नै आकर्षणको केन्द्र थिए ।

साथै तीन स्तन भएका महिलाको काल्पनिक चित्रणका कारण फेसन सोमा उपस्थित धेरैले जीसीडीएस ब्रान्डलाई रुचाए । केहीले भने यसप्रति कडा टिप्पणी पनि गरको छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *