Sajhamanch Archive

कविता: वसन्त कहिल्यै अलग भएर आउँदैन

Published: in साहित्य, by .

 

वसन्त कहिल्यै अलग भएर आउँदैन
ग्रीष्मसित मिलेर आउँछ।
झरेका फूलहरूको सम्झना
बाँकी रहन्छ कोपिलाहरूसँग
नयाँ कोपिलाहरू फुट्छन्
आजका पातहरूको ओटमा
अदृश्य भविष्य सरह।

कोइली सुनाउँछिन् व्यतीत दुःखको माधुर्य
प्रतीक्षाका क्षणहरूको अवधि बढेर स्वप्नसमय घट्दछ।

सारा दिन गर्भ आकाशमा

मखनको टुक्राजस्तो पग्लिरहन्छ चन्द्रमा।
यो मलाई कसरी थाहा हुन्छ
सम्झनाहरू, जून कहिल्यै अलग भएर आउँदिन
रातसँगै आउँछिन्।
सपना कहिल्यै एक्लै आउँदैन
व्यथाहरूलाई सुत्न दिनु पर्छ।

सपनाहरूको आँत तोडेर

उखेलिएर झरेको सूर्य-विम्बजस्तो
बिउँझिनु हुँदैन।

आनन्द कहिल्यै अलग आउँदैन
परेलाका खाली ठाउँहरूमा
त्यो केही भिजेको वजन लिएर
यताउता हल्लिरहन्छ।

(हिन्दी कवि रावको कविताकृति ‘साहस गाथा’बाट अनुदित। अनुवाद : रासा)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *