स्यालहरुको मोर्चा कसेर हात्तीको शिकार गर्न सकिँदैन : अध्यक्ष ओली
Published:
by .काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्यालहरुको मोर्चा कसेर हात्तीको शिकार गर्न नसकिने भन्दै गठबन्धनप्रति टिप्पणी गरेका छन्।
नेकपा एमाले सम्पर्क समन्वय कमिटीद्वारा काठमाडौमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन केही नभएको प्रष्ट पारे।
‘प्रचण्डजी तपाईं हामीले बनाइदिएको भाडो हेरर बसिरहनुभएको छ। त्यसभित्रको त सकिसकेको छ। हामीले भरिदिएको भाडो त सकिसकेको छ,’ उनले भने ,‘मेयर उपमेयरदेखि जनप्रतिनिधि र नेताहरु एमालेमा प्रवेश गरेको लस्कर देख्नुभएको छैनरु’
उनले नेकपा माओवादी केन्द्रलाई रित्याउने मात्रै होइन खुर्कीखार्की पारेर निकाल्ने बताए।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी भने पार्टी नै नभएको उनको टिप्पणी छ। ‘अर्को एउटा पार्टी छ त्यो बनेको नै छैन। बन्दै बन्दैन। ध्वस्त हुन्छ। समाप्त हुन्छ अहिले मात्रै फुरफुर मात्रै हो,’उनले भने।
एमालेले टासिदिएको जुँगामा ताउ लगाउने काम भएको उनको भनाई छ। ‘यो गठबन्धन केही होइन अदालतले बनाइदिएको काँचो सिसाको हो,’ उनले भने, ‘मुद्दा जितेर आएका हुन्। जनता सामु गएर यीनिहरुलाई पछार्नुपर्छ।’
उनले नेपाली कांग्रेस बुढो भएको भन्दै यसअघि २३ यस सिटमा पुगेको कांग्रेसलाई अब १३ मा पुर्याउने गरी नेता कार्यकर्तालाई जिल्लामा खटिन निर्देशन दिए।
‘६० वर्ष भन्दा माथीकाले कांग्रेसलाई भोट हाल्दैन सामाजिक सुरक्षा भत्ता लिइरहेका र लिने तयारीमा रहेकाले पनि भोट हाल्दैनन्,’उनले भने,‘युवा देखि लिएर कसैले पनि भोट हाल्दैन।’
उनले ७५३ स्थानीय तहमध्ये अब ४ सयमा जित हासिल गराउनु पर्ने भनाई छ। उनले स्थानीय तहको निर्वाचनको असाधारण महत्व रहेको भन्दै जिल्ला जिल्लामा खटिन कार्यकर्तालाई निर्देशन दिए।
Comments