बर्तमान सत्ता गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्छौं : अध्यक्ष ओली
Published:
by .काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँच दलीय सत्ता गठबन्धनलाई जनताको आगनमा लगेर पछार्ने चेतावनी दिएका छन्। अदालतले बनाइदिएको गठबन्धलाई चुनावबाट जनताको आँगनमा लगेर पछार्ने उनको चेतावनी छ।
एमाले सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनको हैसियत चुनावमा जनताले देखाइदिने बताएका छन्। मुद्दा जितेर आएका झगडियाहरूलाई जनतामा जाने अधिकार नै छैन, ओलीले भने।
उनले सत्ता गठबन्धनलाई अदालतले बनाइदिएको गठबन्धनको संज्ञा दिएका छन्। जनताले हो र गठबन्धन बनाइदिएको ? भोटले हो र गठबन्धन बनाइदिएकोरु अदालतले बनाइदिएको गठबन्धनका झगडियाहरूलाई जनताको आँगनमा लगेर पछार्नुपर्छ, उनले भने।
अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाउ भन्ने र आफूहरू जनताबीचमा जाने ओलीले बताएका छन्। कांग्रेससँग जनतामा जान कुनै एजेण्डा नरहेको समेत उनले बताए। उनले एमालेले त्यसको भन्डाफोर गर्ने चेतावनी दिएका छन्।
Comments