Sajhamanch Archive

जनकपुरधाममा आज उल्लासका साथ होली मनाइँदै (तस्वीरसहित)

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज, by .

जनकपुरधाम, जनकपुरधामसहित आसपासको क्षेत्रमा आज उल्लासपूर्वक होली पर्व मनाइँदै छ। अन्तरगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपाली शनिबार मनाउन लागिएको हो ।

होलीका लोकगीत, संगीतले आज जनकपुरधाम गुञ्जयमान बनेको छ । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा फागुन महिनाको आगमनदेखि नै होलीको मौसम आएको मानिन्छ ।

ठट्टा मजाक गर्ने छुट रहेको पाइन्छ । सबैलाई खुसी लाग्ने पारामा जिक्स्याउने प्रचलन रहिआएको छ । फागुन शुक्ल पक्षको अष्टमीदेखि फागुन पूर्णिमासम्म मनाउने होली पर्वका धार्मिक, पौराणिक तथा वैज्ञानिक कारण छन् ।

होलीका गीत मिथिलामा फरक(फरक किसिमले गाइन्छ । फागु पूर्णिकाको दिन आफ्नो कुलदेवतालाई अविर, सिन्दूर, चढाई पूजा गरिन्छ।

विभिन्न परिकार बनाई खुसीयालीका साथ खाने(खुवाउने चलन रहेको छ ।खानापछि एक अर्कालाई अंगालो मारी माया-प्रेम बाँड्ने चलन छ ।

दिनभरि झुन्डका झुन्ड भई घरमा गई होलीसम्बन्धी गीत गाउने, एक अर्कालाई अविर लगाई नरिवल, सुपारी, बदाम तथा छोकडा दिई स्वागत गरिन्छ ।

मिथिलाको यो परम्पराले नै होलीको वास्तविक अर्थ झल्काउँछ । यसले एक अर्काबीचको सम्बन्ध बढाउने, माया साटासाट गर्नेर भातृत्व तथा सद्भाव बढाउने अवसर दिन्छ ।

केही ग्रामीण क्षेत्रहरूमा भने शुक्रबार नै होली पर्व मनाइएको छ । हिमाली र पहाडी क्षेत्रमा भने बिहीबार नै होली पर्व मनाइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *