Sajhamanch Archive

अमेरिकाको राज्य संसदबाट पारित भयो दसैं विधेयक

Published: in विश्व समाचार, by .

काठमाडौं, अमेरिकाको मेरिल्याण्ड राज्य विधानसभा सांसद डा. ह्यारी भण्डारीको पहलमा त्यहाँ दसैं विधेयक पारित भएको छ। सो विधेयकको प्रस्तावनामा लेखिएको छ नेपालमा उत्पति भएको दसैं असत्यमाथि सत्यको जीतको खुसीयालीमा मनाइने एक सांस्कृतिक चाड हो।

यो विधेयक अमेरिकाकै सबैभन्दा पुरानो राज्य संसद् मेरिल्याण्डको ४४४ औं संसद् अधिवेशनमा प्रस्तुत भएको थियो। संसद्मा नेपालीमा लेखिएको विधेयक प्रस्तुत गर्नु र पारित हुनु आफ्ना लागि गर्वको विषय भएको त्यहाँका विधानसभा सदस्य भण्डारीले विज्ञप्तिमा उल्लेख गरेका छन्।

हामी यतिमा अडिनु हुँदैन। किनकि अझै विधेयक कानुन बनिसकेको छैन, सिनेटमा प्रक्रियामा रहेको छ। मैले हाउस अफ एसेम्बली (विधानसभा) मा पारित गराएर महत्वपूर्ण खुड्किलो पार गराएको छु र सिनेटबाट पनि पार लगाउन हरसम्भव प्रयास गरिरहेको छु, उनले भनेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *