Sajhamanch Archive

अब नेटफ्लिक्सको पासवर्ड शेयर गरे थप शुल्क लाग्ने

Published: in अर्थतन्त्र, by .

काठमाडौं । अब एउटै युजर नेम र पासवर्ड शेयर गरेर निःशुल्क नेटफ्लिक्स हेर्न नमिल्ने भएको छ । पासवर्ड शेयर गरेर नेटफ्लिक्स हेर्ने प्रवृत्ति बढेपछि कम्पनीले नयाँ नियम ल्याउन लागेको हो ।

यसअन्तर्गत आफू बसेको घरबाहिर युजर नेम पासवर्ड शेयर गर्नुपरे नेटफ्लिक्स अकाउन्ट भएको व्यक्तिले अतिरिक्त शुल्क तिर्नुपर्नेछ । नेटफ्लिक्सका सब्सक्राइबरले दुई वटासम्म ‘सब अकाउन्ट’ थप्न सक्छन्, जसका लागि अतिरिक्त शुल्क तिर्नुपर्छ ।

हाल नेटफ्लिक्समा स्ट्यान्डडर्ड र प्रिमियम योजनामा छुट्टाछुट्टै प्रोफाइल र मल्टिपल स्ट्रिमजस्ता सुविधा दिइएको छ । यसले परिवारमा सँगै बस्ने व्यक्तिलाई नेटफ्लिक्स अकाउन्ट शेयर गर्न सजिलो बनाएको छ ।

तर, घरबाहिर अन्य व्यक्तिलाई पनि निःशुल्क पासवर्ड शेयर गर्दा नयाँ टिभी कार्यक्रम र चलचित्रमा लगानी गर्ने आफ्नो क्षमतामा असर गरेको कम्पनीको भनाइ छ ।

नेटफ्लिक्सको नयाँ परीक्षण चिली, कोस्टारिका र पेरुमा चाँडै सुरु हुने जानकारी दिइएको छ । यसअन्तर्गत अतिरिक्त शुल्क तिरेर आफ्नो परिवार बाहिरका अन्य व्यक्तिलाई अकाउन्ट शेयर गर्न सकिने कम्पनीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *