Sajhamanch Archive

आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्ने हो, गठबन्धनको भरले होइन : अध्यक्ष दाहाल

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

पोखरा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनावमा गठबन्धनको भर परेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने बताएका छन्।

आइबार पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जानुपर्नेमा बताएका हुन् ।

‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ। गठबन्धन होला र जितौंला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो,’ उनले भने।

उनले अन्य दलका नेताहरूसँग गठबन्धन गर्ने विषयमा छलफल भने जारी रहेको बताएका छन्। उनले गठबन्धनमा हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर चुनावमा जाने हुनुपर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *