भ्रातृ संस्थामा उमेर हदविरुद्ध कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन
Published:
by .काठमाडौं । भ्रातृ संस्थामा उमेर हदको सिण्डिकेट लगाउन खाजेको भन्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।
लामो समयदेखि महाधिवेशन नभएकोले विधानअनुसार महाधिवेशन गर्नुपर्ने पनि विद्यार्थी नेताहरूको माग छ । उनीहरूले उमेर हद नै लगाउने भए कांग्रेस विधानमा ६० वर्ष, तरुण दलमा ४० र नेविसंघमा २८ वर्ष लागू गर्न चुनौती दिएका छन् ।
विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने, सबै उमेर समूहका विद्यार्थीको प्रतिनिधित्व हुने गरी तदर्थ समिति बनाउनुपर्ने, आउँदा निर्वाचनमा युवा, युवा, विद्यार्थी परिचालका लागि वातावरण बनाउनुपर्ने, स्ववियू निर्वाचनको ग्यारेन्टी गर्न पनि आन्दोलनकारीको माग छ ।
आफूहरूका माग पूरा नभए आमरण अनशनसम्म बस्ने चेतावनी नेविसंघ संघर्ष समितिले दिएको छ ।
Comments