Sajhamanch Archive

भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु

Published: in विश्व समाचार, by .

एजेन्सी, भारतको बिहारस्थित मधेपुरा जिल्लाको मुरलीगञ्ज थाना क्षेत्र र भागलपुरको विश्वविद्यालय थाना क्षेत्रअन्तर्गत साहेबगञ्जमा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मधेपुरामा लोजपाका ब्लक अध्यक्ष नीरज निशान्त पनि रहेको बताइएको छ । मृत्यु अन्य व्यक्तिमा डिग्धी गाउँपालिकाका पुरकी सिंह, नीरज निशान्त र सञ्जीवकुमार रमानी रहेका छन् ।

यसबाहेक मुरलीगञ्जको मुख्य बजारमा पनि एक जनाको मृत्यु भएको खबर आए पनि यसको पुष्टि हुन नसकेको बिबिसीले जनाएको छ ।

स्थानीय पत्रकार अर्जुन कुमारका अनुसार मारकी सिंहको मृत्यु १८ मार्चको राति भएको थियो, त्यसपछि १९ मार्चमा दुई जनाको मृत्यु भएको थियो ।

मृतकका आफन्त उनीहरूको मृत्युबारे बोल्न मानिरहेका छैनन् । दर्जनौं बिरामीको गोप्य रूपमा निजी संस्थामा उपचार भइरहेको छ र मृत्यु भएकाको पनि गोप्य रूपमा दाहसंस्कार गरिएको बिबिसी हिन्दीले लेखेको छ ।

मुरलीगञ्ज सामुदायिक स्वास्थ्य केन्द्रका सञ्जीवले बीबीसीलाई भने, १८ र १९ मार्चमा गम्भीर अवस्थामा ५ जना आएका थिए । उनीहरूलाई सास फेर्न गाह्रो भएको थियो ।

यसको कारण के हो, प्रष्ट भन्न गाह्रो छ । हामीले ती सबैलाई सदर अस्पतालमा रिफर गरेका थियौँ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *