Sajhamanch Archive

मारिउपोलमा ४०० जनाले आश्रय लिएको विद्यालयमा रुसी हमला

Published: in विश्व समाचार, by .

एजेन्सी, रुसी फौजले युक्रेनी बन्दरगाह सहर मारिउपोलमा रहेको एउटा कला विद्यालयमा बमबारी गरेको छ । विद्यालयमा ४०० जनाले आश्रय लिएका थिए ।

हमलापछि भएको मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन । भवन क्षतिग्रस्त भएको र भग्नावशेषमा मानिसहरू पुरिएको जनाइएको छ ।

यसअघि दक्षिणी सहर माइकोलिभ सहरमा रुसी फौजले युक्रेनको एउटा सैन्य ब्यारेकमा गरेको हमलामा दर्जनौँ सेना मारिएको जनाइएको थियो । सो क्षेत्रमा उद्दार कार्य जारी छ ।

युक्रेन युद्धले उर्जा, खाद्यन्न, मुद्रास्फीति तथा गरिबीमा ठूलो आर्थिक परिणाम ल्याउने युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्टले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *