Sajhamanch Archive

कम्युनिस्टसँग गठबन्धन गर्दा कांँग्रेसले भोट पाउँदैन : डा.कोइराला

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by .

बिराटनगर, नेपाली कांँग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाँदा पार्टीलाई फाइदा नहुने बताएका छन् ।

उनले कम्युनिस्ट क्याडर बेस्ड र कांँग्रेस मास बेस्ड पार्टी भएकाले गठबन्धन गर्न असहजता उत्पन्न उनको भनाइ छ । उनले कम्युनिस्टसँग गठबन्धन गरेर निर्वाचनमा गए कांँग्रेसले के पाउँछ भन्ने प्रश्न तेर्सिने बताए । कम्युनिस्ट पार्टीका मतदाताले कांग्रेसलाई मत नदिने उनको तर्क छ ।

मोरङमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिस्टसँग गठबन्धन गरेर जाँदा असहजता उत्पन्न हुने बताएका हुन् ।

उनले पार्टीभित्रको गुट(उपगुट समाप्त गरी आन्तरिक रुपमा गठबन्धन हुनुपर्ने सुझाव दिए । कांँग्रेसले निर्वाचन जित्नका लागि अन्य पार्टीसँगको गठबन्धनभन्दा पनि आफूभित्रै गठबन्धन हुनु आवश्यक रहेको उनले औँल्याए ।

‘पार्टीभित्रको गुट र उपगुट समाप्त गरी एकजुट भएर निर्वाचनमा गए जितका लागि त्योभन्दा ठूलो गठबन्धन अरु केही पनि हुँदैन’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *