दुई तिहाइको सरकार ढालेर काँग्रेसको सरकार बनाउने नेपाल र माओवादी अध्यक्ष दाहाल अवसरवादी : वरिष्ठ उपाध्यक्ष पोखरेल
Published: (Updated: )
by .सुर्खेत, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दक्षिणपन्थी अवसरवादका कारणले दुई तिहाइको कम्युनिस्ट सरकार ढलेको बताएका छन् ।
कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उपाध्यक्ष पोखरेलले दुई तिहाइको सरकारको नेतृत्व गरेका एमालेका अध्यक्ष केपी ओलीले समृद्धिको सपना पचाउन नसकेका कारणले दुई तिहाइको सरकार ढालेर काँग्रेसको सरकार बनाउने माधव नेपाल र माओवादी अध्यक्ष दाहाल अवसरवादी भएको आरोप समेत लगाए ।
उनले भने, ‘देशमा अपराधपूर्ण काम भएको छ । यसको छिनोफानो हुने आवश्यक रहेको छ । राष्ट्रिय राजनीति दुई ध्रुवमा केन्द्रमा रहेको छ । एउटा एमाले हो । यो मुलुक बनाउने पार्टी भनेको एमाले हो ।’
नेपालमा राष्ट्रियताको कुरा गर्ने भारतसँग हिमचिम गर्ने काम दाहालले गरेको अध्यक्ष पोखरेलले बताए ।
‘ओलीले त भारत हाम्रो छिमेकी मुलुक हो भन्नुभयो । छिमेकीसँग चीनसँग पनि त्यही कुरा गर्नुभयो,’ उनले भने, ‘भारतको अतिक्रमण गरेको कालापानी लिपुलेक नेपालमा संविधान संशोधन गर्नुभयो ।’
Comments