साताको पहिला दिन नेप्से १४.६७ अंकले गिरावट
Published:
by .काठमाडौ, साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचकमा १४.६७ अंकले घटेर २ हजार ६१६.५८ बिन्दूमा झरेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले गिरावट आएको छ ।
आइतबार कारोबारमा आएका २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकम समेत निरन्तर रूपमा गिरावट हुँदै आएको छ । नेप्सेका १३ उपसमूहमध्ये एउटा उपसमूहको सूचक बढेको छ भने बाँकी १२ उपसमूहको सूचकमा गिरावट आएको छ ।
जसमा लगानी उपसमूहको मात्रै १.६६ प्रतिशतले सूचक बढेको छ । तर, होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै १.९६ प्रतिशतले गिरावट आएको छ ।
त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् ।
आइतबार नेप्से परिसूचक गिरावट आए पनि राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
त्यस्तै, शिवश्री हाइड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्स, मैलुङ्ग खोला जलविद्युत कम्पनी र विशाल बजार कम्पनीको सेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ।
कारोबार रकमका आधारमा १६ करोड २९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार गरेर नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ ।
जीवन विकास लघुवित्तको १३ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
Comments