साताको दास्रो दिन सेयरबजारमा हरियाली, कारोबार भने निराशाजनक
Published:
by .काठमाडौ, सेयरबजारमा आज हरियाली छाए पनि कारोबार भने बढ्न सकेको छैन्। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १७.९९ अंकले र सेन्सिटिभ सूचक १.८८ अंकले बढेको हो।
आज २ सय ३१ वटा सेयर कारोबारमा सामेल भए पनि ५१ लाख ८९ हजार कित्ता सेयर मात्रै बिक्री भएको छ। दिनभरिमा ३७ हजार ९ सय ३९ पटकको खरिदबिक्रीपछि २ अर्ब ५९ करोड २७ लाख १८ हजार रुपैयाँको मात्रै कारोबार भएको हो।
आज कुल १३ मध्ये अन्य, होटल तथा पर्यटन समूहको सूचक घटे पनि बाँकी ११ समूहको सूचक बढेको छ। आजको कारोबारमा १५६ वटा सेयरको मूल्य बढ्दा ३१ वटाको घटेको र ५ वटाको स्थिर रहेको नेप्सेले जनाएको छ।
आज पनि इमर्जिङ नेपालका लगानीकर्ताले ९.९८ प्रतिशत आम्दानी गरेका छन्। यसबाहेक ङादी पावर लिमिटेडका सेयरधनीले पनि ७.६७ प्रतिशत कमाएका छन्।
आज धेरै गुमाउनेमा नेपाल टेलिकमका लगानीकर्ता परेका छन्। सर्वाधिक गुमाउनेमा परेका उनीहरुले २.९७ प्रतिशत घाटा व्यहोरेको नेप्सेले जनाएको छ।
सोमबार नेपाल टेलिकमको सर्वाधिक २० करोड ९४ लाखको कारोबार भएको छ।
Comments