Sajhamanch Archive

एमाले पोलिटब्यूरो बैठकमा कम्युनिस्टहरुबीच गठबन्धन र एकता गर्न घनश्याम भुसालको प्रस्ताब

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं– नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीहरुबीच नै गठबन्धन र एकता हुनुपर्ने प्रस्ताव गरेका छन्।

सोमबार काठमाडौंमा सुरु भएको एमाले पोलिटब्यूरो बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन्। उनले एमाले वाम एकताको मूलप्रवाह भएकाले यसका लागि पहल गर्नुपर्ने समेत उल्लेख गरे।

बैठकमा सहभागी एक नेताका अनुसार भुसालले वाम एकतामा जोड दिँदा तीन वटा पार्टी विभाजन हुनुको कुनै सैद्धान्तिक आधार नरहेको र आसन्न निर्वाचनमा वामपन्थीको जितलाई सुनिश्चित गर्न पनि एकता आवश्यक भएको उल्लेख गरे।

‘कम्युनिस्ट पार्टीका बहुसंख्यक सदस्य र कार्यकर्ताले कम्युनिस्टहरुबीच गठबन्धन र एकता चाहेका छन्’, भुसालको भनाइ उद्धृत गर्दै ती नेताले भने।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *