बक्सिङ छनोटमा मिनु र भुपेन्द्र विजयी
Published:
by .काठमाडौं । थाईल्याण्ड ओपन ईन्टरनेशनल बक्सिङको लागि भएको छनौट खेलमा मिनु गुरुङ र भुपेन्द्र थापा विजयी भएका छन् ।
त्रिभुवन आर्मी क्लबका मिनुले महिलातर्फ ५४ केजी तौल समूहमा एपिएफका सन्जुमाया थिंगलाई पराजित गर्दै छनौट चरण पार गरेका हुन् । यस्तै नेपाल पुलिस क्लबका भुपेन्द्र थापा मगरले पुरुष ६३ केजी तौल समूहमा जेनेक्सका मौसम राना मगरलाई पराजित गर्दै छनौट चरण पार गरेका छन् । छनोट प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ३ तौल समूहमा प्रतिस्पर्धा भएको थियो । महिलातर्फ ४८ केजी तौल समूहमा नक्सालकी सुस्मा तामाङले अस्मिता दुवाललाई पराजित गर्दै पहिलो स्थान हात पारिन् ।
यस्तै महिला ५७ केजीमा आर्मीकी चन्द्रकला थापा र महिला ६० केजीमा पनि बर्मीकै पुनम रावल पहिलो भइन् । चन्द्रकलाले बक्समान्डुकी हेमा राई तथा पुनमले बक्समान्डुकै डिचेन शेर्पालाई पराजित गरिन् । पुरुषतर्फ ४८ केजी समूहमा सुशील थापा मगर र ५४ केजी तौल समूहमा प्रेम चौधरी पहिलो भएका छन् । सबै विजेतामध्ये उत्कृष्ट खेलाडीलाई थाइल्याण्डमा हुने प्रतियोगितामा लैजाने बक्सिङ संघले जनाएको छ ।
Comments