Sajhamanch Archive

वालमैत्री घोषणा अभियान अन्तरगत कमल गाउँपालिकाका विद्यालयको अनुगमन

Published: (Updated: ) in समाज, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकाले वडा नम्वर ३ ले आफ्नो वडालाई वालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा कार्यक्रम अन्तरगत आज वडामा रहेका विद्यालयहरुको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा आज वडा नम्वर ३ को केराधाप स्थित कन्चनजङ्गा आधारभुत विध्यालयको अगुगमन गरेको हो ।

जनप्रतिनिधी, राजनितीदलका प्रतिनिधी ,बालक्लवका प्रतिनिधी, संघ सस्थाका प्रतिनिधी ,वडाकार्यलयका कर्मचारी र संचारकर्मि सहितको संयुक्तल विद्यालयको अगुगमन गरिएको वडा अध्यक्ष नरप्रसाद दंगालले जानकारी दिए ।

कमल गाउँपालिका कार्यपालिकाको २०७७ साल फागुन १२ गते बसेको बैठकको निर्णय अनुसार “खुशी राखँै बालबालिकाको मुहार,बालमैत्री कमल समृद्धिको आधार”भन्ने नाराका साथ गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषणाका लागी हरेक वडाले प्रतिवद्धता जनाए ।
बालमैत्री गाउँपालिका घोषणा गर्नकालागी आवश्य पर्ने ५१ वटा सुचक मध्ये वडा नम्वर ३ अधिकास सुचक पुरा गरेको वडा कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *