हरिकीर्तन मुक्तेश्वर शिवालय मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु
Published: (Updated: )
by .कमल । झापाको कमल गाउँपालिका वडा नम्वर ३ स्थित श्री हरिकीर्तन मुक्तेश्वर शिवालय मन्दिर मा आज बाट २५ औं वार्षिक अनुष्ठनमा साथै श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
आज शोभायात्रा सहित मण्डपपुजा गरेर उद्घाटन गरिएको सप्ताह ज्ञान महायज्ञ आगामी चैत्र १७ गते ब्रतबन्ध, पुर्णाहति, तिलक प्रसाद वितरण गरि समापन गरिने छ ।
जीर्ण अवस्थामा रहेको मुक्तेश्वर शिवालय मन्दिरको पुन निर्माण गर्ने, धर्म संस्कृतिको धरोहर गुरुकुल विध्यालयको व्यवस्थापन गर्ने ,सस्थाको जग्गामा निर्माणाधीन अवस्थामा रहेको गुरुकुल भवन र सामुदायिक भवन निर्माण कार्यलाई सम्पन्न गर्दै मन्दिरको सार्वाङ्गिण विकास गर्ने उदेश्यले श्रीमद् भागवत महापुराण लगाईएको श्री हरिकीर्तन मुक्तेश्वर शिवालय सन्चालन समितीका सचिव छबी ढकालले जानकारी दिए ।
आज शोभायात्रा र भण्डपपुजा गरेर उद्घाटन गरिएको पुरानमा भोली शनीवार देखी दैनिक विहान ७ बजे देखी ९ बजे सम्म पुजा आरती पुष्पान्जली मुल पाठ गर्ने र साढेदश बजे देखी साडे ३ बजे सम्म संगितमय कथा प्रवचन र साँझ ७ बजे देखी ९ बजे सम्म भजन ,कीर्तन, ज्ञान मञ्च लगायतका कार्यक्रम सन्चालनहुने पुराण आयोजक समितीले जनाएको छ ।
पुरानको प्रमुख आचार्य पण्डित दुर्गा प्रसाद खतिवडा, कथा व्यास पण्डित गंराराम रिमाल र पाठवाचम पण्डित लोकनाथ निरौरा ले गनुृहुने पुराण आयोजक समितीले जनाएको छ ।
Comments