Sajhamanch Archive

कर्णाली साकोसको साक्षरता कार्यक्रम सम्पन्न

Published: in शिक्षा, सहकारी by .

दमक । झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले आज दमक सेवा केन्द्र अन्तर्गत वडा नम्बर ९ मा सदस्य शिक्षा तथा बित्तिय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ ।

त्यस क्षेत्रका सदस्य तथा गैह्र सदस्यहरुलाई पनि कर्णाली सहकारीले सदस्यहरुलाई उपलब्ध गराउने सेवा सुबिधाका साथै बचतका फाईदाहरुका बारेमा जानकारी दिईएको दमक सेवाकेन्द्रका व्यवस्थापक मित्रबहादुर बस्नेतले जानकारी दिए ।

दमक सेवाकेन्द्र संयोजक शेरबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली सहकारीका सचिव भुपाल बस्नेतले सहकारीको बिषेश उपचार कोष र अन्य कोषहरुका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । १ सय जना सहभागी कार्यक्रममा सविच बस्नेतले बिषेश उपचार कोषमा आबद्ध हुने सदस्यलाई सहकारीले बिरामी हुँदा १० लाख रुपैया सम्म उपचार सहयोग उपलब्ध बताए ।

कार्यक्रममा कर्णाली सहकारीका सेयर सदस्यहरु झापा कमल ५ निवासी अम्बिका थापालाई पित्त थैलिको अप्रेसन गरेको उपचार खर्च बापत १५ हजार ३ सय रुपैयाँ र दमक १ निवासी सरिता कन्दङवालाई एपेन्डीसाईटको अप्रेसन गरे बापत १० हजार रुपैयाँ समेत प्रदान गरिएको शाखा व्यवस्थापक बस्नेतले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *