Sajhamanch Archive

शिवसताक्षीमा दोस्रो कर्णबहादुर स्मृति कपः ट्राइबेकरमा उपाधि चुम्दै जदाह भेट्रान क्लब मोरङ्ग

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, विविधा by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दोस्रो कर्णबहादुर स्मृति अन्तराष्ट्रिय भेट्रान कपको उपाधि जदाह भेट्रान क्लब मोरङ्गले हात पारेको छ । धरान भेट्रान क्लब सुनसरीलाई ट्राइबेरमा ४–३ गोल अन्तरले हराउँदै जदाह भेट्रान क्लबले उपाधि हात पारेको हो ।

खेलको पहिलो हाफको ५ औं मिनेटमा धरानका लागि राज सुनुवारले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । त्यस्तै खेलको २२ औं मिनटमा अर्को गोल थप्दै धरानका राज सुनुवारले नै दोस्रो गोल गर्न सफल भए ।

खेलको दोस्रो हाफको सुरुवाती ६ औं मिनेटमा जदाहका लागि लिलाराम मगरले पहिलो गोल गरे । त्यसैगरी ९ औं मिनेटमा जदाहकै तर्फबाट सन्तोष राईले गोल गरेपछि बराबरीमा रहयो । खेलको २८ औं मिनेटमा जदाहतर्पmबाटै डेनिम राईले थप एक गोल गर्दै टिमलाई अग्रता दिलाए । धरानका लागि सतिस केसी खेलको इन्जुरी समयमा गोल गरेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो ।

ट्राइबेकरमा ४ – ३ गोल अन्तरले हराउँदै जदाह भेट्रान क्लब मोरङ्गले उपाधि रक्षा गर्न सफल भयो ।

खेलको म्यान अफ दी म्याच जदाह भेट्रान क्लबका गोल रक्षक दवकान्त सिंह घोषित भए । उनले नगद रु १५ सय प्राप्त गरे । त्यस्तै सर्वोकृष्ट खेलाडी जदाह कप्तान तथा खेलाडी डेमिन राई घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । सर्वाधिक गोलकर्ता दिपेन राइ घोषित भए । उनले नगद ४ हजार प्राप्त गरे ।

प्रतियोगिताको विजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।

। उपविजेताले ४५ हजार सहित मेडल, ट्रफी, र प्रमाण पत्रमा चित्त बुझाउनु पर्यो । उनीहरुलाई नगद तथा प्रमाण प्रत्र कार्यक्रममा प्रमुख अतिथि माननीय संसाद एलपी साँवा लिम्बूले प्रदान गरेका थिए ।

भेट्रान कप गएको चैत्र ५ गतेबाट शिवसताक्षीको दूधे रंगशालामा सञ्चालन भएको थियो । जसमा दार्जेलिङ्ग भारतको एक टिम र नेपालका ७ टिमको सहभागीता रहेको आयोजकले दूधे भेट्रान क्लबले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *