Sajhamanch Archive

कमल गाउँपालिका स्तरिय वुद्धिजीवि परिषदमा नयाँ कार्य समिति चयन

Published: (Updated: ) in विविधा, समाज by .

कमल । झापाको कमल गाउँपालिकामा आज गाउँपालिका स्तरिय नेपाल वुद्धिजीवि परिषदको प्रथम भेला सम्पन्न भएको छ ।

कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको सभाहलमा सम्पन्न नेकपा एमाले निकट वुद्धिजीवि परिषदको भेलाबाट तदर्थ समिती समेत गठन गरिएको छ ।

समितीको अध्यक्षमा रुकमान सुब्बा, उपाध्यक्ष गोविन्द प्रसाद पौडेल सचिव टीकादक्त गौतम सह सचिव निर्मल गड्तौला कोषाध्यक्ष वचना राई तथा सदस्यहरुमा तीर्थ वहादुर थापा,ओम प्रसाद निरौला, दुर्गा प्रसाद पराजुली ,प्रभाकर काफ्ले, सुमन गौतम, रत्न थापा, राम प्रसाद पोखरेल,टेकनाथ रिजाल, बलराम कट्टेल र प्रतिमा पन्त चयन हुनुभएको नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी सदस्य हिमप्रसाद दाहालले जानकारी दिए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य वेनु सिवाकोटी, डाक्टर गेहनाथ पौडेल , नेकपा एमाले जिल्ला कमिटी सचिव शिव ढुङ्गेल , कमल गाउँपालिका ईन्चार्ज नारायण प्रसाद गौतम, सह ईन्चार्ज भिम प्रसाद राई, निवृत्त कर्मचारी लैनवहादुर पौडेल, वाणी माध्यमिक विद्यालयका शिक्षक जगन्नाथ फागो, मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनकुमार बगाले लगायतले पार्टी र बुद्धिजीवि बिच समन्वय हुनुपर्ने र पार्टीका गतिविधी सन्चालनमा बुद्धिजीविहरुको सल्लाह र सुझाव महत्वपुर्ण रहने बिचार व्यक्त गरे ।

कमल गाउँकमिटी वुद्धिजीवि फाटका ईन्चार्ज मधुसुदन अधिकारीको अध्यक्षामा सम्पन्न कार्यक्रममा उपस्थित सहभागीलाई वुद्धिजीवि फाटका जिल्ला कमिटी सदस्य उमानाथ अधिकारीले शाब्दिक शब्दद्वारा स्वागत गरेका थिए भन महेन्द्र रत्न माध्यमिक विद्यालयका शिक्षक टीकादक्त गौतमले कार्यक्रम सन्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *