Sajhamanch Archive

ने क पा निकटका व्यवसायीहरुले बनाए झापामा कार्यदल

Published: in राजनीति by .

बिर्तामोड । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सम्वद्ध झापाका व्यावसायीहरुले आफ्ना संगठनहरुको एकीकरणका लागि आज कार्यदल गठन गरेका छन् ।

विगतमा नेकपा एमाले निकट व्यावसायीहरुले नेपाल राष्ट्रिय वाणिज्य संघको ब्यानरमा र नेकपा माओवादी केन्द्र निकट व्यावसायीहरुले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको नाममा आफ्ना संगठन चलाएका थिए ।

दुईवटा पार्टी हुँदा बनाइएका आ–आफ्ना संगठनहरु पार्टी एकीकरण पछि स्वतः एकीकरण गरिएकाले आगामी अधिवेशन सम्पन्न गर्ने तथा अन्य प्रक्रिया पूरा गर्नका लागि कार्यदल गठन गरिएको हो ।

विगतमा फरक–फरक संगठनको ब्यानरमा काम गर्दै आएका दुवै राजनीतिक व्यावसायिक संगठनहरुका जिल्ला नेताहरुको आज बिर्तामोडमा भएको भेलाले ११ सदस्यीय कार्यदल गठन गरेको हो ।

विगतमा दुईवटै पार्टी मातहत रहेर काम गर्दै आएका उद्योगी, व्यापारी, व्यावसायीहरुले अब केन्द्रीय परिपत्र अनुसार गठित कार्यदलले तयार पारेको कार्यक्रममा आधारित रहेर काम गर्ने निश्कर्ष निकालेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *