Sajhamanch Archive

स्थानीय तह चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए

Published: in मिडियाबाट साभार, स्थानीय तह by .

झापा । वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ ।

जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्धितीय श्रेणीका अधिकृत कर्मचारीलाई आउँदो २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने आयोगले जनाएको छ ।

आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई चुनावबारे अभिमुखीकरण तालिम दिने तयारी गरेको छ । स्थानीय तह चुनावका लागि न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने व्यवस्था छ ।
स्थानीय तह चुनावमा न्यायाधीश र न्याय सेवाका राजपत्राङ्कित अधिकृतलाई मात्र नियुक्ति गर्न नसकिएमा निजामती सेवाभित्रका अरु सेवाका अधिकृतलाई समेत निर्वाचन अधिकृतमा खटाउन सकिने छ ।

चुनावी कार्यक्रमअनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *