Sajhamanch Archive

शिवसताक्षी वडा नं. ५ द्वारा विपन्न परिवारका २८ जना छात्रालाई साइकल वितरण

Published: (Updated: ) in शिक्षा, समाज by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिका ५ नं. वडा कार्यालयले विपन्न परिवारका छात्राहरुलाई साइकलन वितरण गरेको छ । शिवसताक्षी वडा नं. ६ शिवगञ्ज स्थित जनआदर्श माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययरत छात्राहरुलाई साइकल वितरण गरेको हो ।

वडाको सिलिङ बजेटबाट विपन्न छात्राको पहिचान गरि २८ जनालाई साइकल उपहार दिएको वडा कार्यालयले जनाएको छ ।

उक्त साइकल नगर प्रमुख चन्द्रकुमार सेर्माले वितरण गरेका थिए । साइकल वितरणका क्रममा बोल्दै प्रमुख सेर्माले विपन्न परिवारका छोरीहरुलाई विद्यालयसम्म जानका लागि साइकल वितरण गरिएको धन्यवाद दिएका थिए । विपन्न परिवारका छात्राहरुलाई विद्यालयसम्म जान सुविधा दिएको सुविधाले छात्राहरुको सिकाईमा सुधार हुने बताए । नगरपालिकाले क्रमशः यस्ता विपन्न परिवारहरुको पहिचान गरी आउँदा दिनहरुमा क्रमशः विद्यार्थीको सुविधाका लागि सकारात्मक भुमिका रहने नगरप्रमुख सेर्माको भनाई थियो ।

शिवसताक्षी वडा नं. ५ भेलामुनीबाट शिवगञ्ज माध्यमिक विद्यालय जान लामो दुरी पार गर्नु पर्ने र विपन्न परिवारका विद्यार्थीहरु साधनको अभावमा अध्ययपन गर्न कठनाईको महशुस गरी साइकल वितरण गरिएको वडा नं. ५ वडाध्यक्ष सत्यनारायण राजवंशीले जानकारी दिए ।

उनले जनप्रतिनिधि आएपछि वडाका बाटाहरु स्तरोन्नती गरिएको हुँदा सवारी साधान सजिलै चलाउन सकिने भएकाले ग्रामिण क्षेत्रका विद्यार्थी साइकल प्रभावकारी हुने बताए । उनका अनुसार आज भन्दा ४ बर्ष अघि सो क्षेत्रका कुनै पनि बाटाहरु वर्खा याममा हिलाम्मे भएका कारण सवारी साधन चलाउने अवस्था थिएन । तर अहिले त्यो अवस्था नभएको उनको भनाई छ ।

गरिव र विपन्न परिवारका छात्रालाई लक्षित गरि प्रदान गरिएको साइकल पाउन कोही छुटे आगामी कार्यक्रममा सम्बोधन हुने पनि वडा अध्यक्ष राजवंशीले जानकारी दिए । विद्यालयले उपलब्ध गराएको नाम र वडा कार्यपालिकाले गरेको अनुगमन विद्यार्थीको आवश्यकताका आधारमा साइकल पाएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *