Sajhamanch Archive

प्रेस युनियन झापाको अध्यक्षमा गौतम दाजु बहिनी प्रतिष्पर्धी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

झापा । नेपाल प्रेस युनियन झापाको नवौं जिल्ला अधिवेशन शनिबार बिर्तामोडमा गरिने तयारी पूरा भएको छ । अधिवेशनको उद्घाटन नेपाली कांग्रेस नेता एवम् पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले गर्ने कार्यक्रम छ ।

अधिवेशनमा नेपाल प्रेस युनियन झापाका १२७ जनाको सहभागिता हुने जनाइएको छ ।
युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईका अनुसार अधिवेशनमा संगठनको अवस्था र भावी रणनीतिका बारेमा छलफल गर्नुका साथै आगामी ४ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिनेछ ।

युनियनको जिल्ला अध्यक्षमा प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतम र जनआन्दोलन साप्ताहिकका सम्पादक इन्दु गौतम ‘पूर्वेली’ले दावी पेश गरेका छन् । पूर्वेली वर्तमान उपाध्यक्ष हुन् भने गौतम हाल केन्द्रीय प्रतिनिधि छन् ।

लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पुर्याएकोमा पूर्वसांसद डिल्ली सिटौलालाई अधिवेशन उद्घाटनका अवसरमा लोकतान्त्रिक योद्धाका रुपमा सम्मान गर्ने कार्यक्रम छ ।

त्यस्तै, चिन्तामणि दाहालाई खगेन्द्र कार्की स्मृति अग्रज पत्रकारिता पुरस्कार र सुशिला संग्रौलालाई खगेन्द्र कार्की स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।

अग्रज पत्रकारिता पुरस्कारको राशी १५ हजार रुपैयाँ र सम्मानपत्र छ भने क्रियाशील पत्रकारिता पुरस्कारको राशी नगद १० हजार रुपैयाँ र सम्मान पत्र रहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *