Sajhamanch Archive

बिर्तामोड २ मा युवा लक्षित कार्यक्रम सुरु

Published: in स्थानीय तह by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ को वित्तीय सहयोगमा उद्घोषण तथा ब्यक्तित्व विकास तालिम शुक्रबारदेखि शुरु भएको छ ।

स्थानीय लालमाटी युवा क्लबको आयोजनामा सुरु भएको ५ दिने तालिमको उद्घाटन वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले गरेका हुन् ।

क्लबका अध्यक्ष किशोर पौडेलको अध्यक्षतामा आयोजित तालिमको उद्घाटन गर्दै वडाध्यक्ष संग्रौलाले यस्ता कार्यक्रमले महिला तथा युवा पुस्तामा उर्जा थपिने बताए ।

राजु गौतमले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको स्वागत क्लबका सदस्य डिल्लीराम न्यौपानेले गरेका थिए ।

सदस्य बालकृष्ण राजवंशीले संचालन गरेको कार्यक्रममा वडा सदस्य उपेन्द्र पराजुली, भानुभक्त मैनाली, संचारकर्मी सरोज पौडेललगायतले तालिमको आवश्यकता र सन्दर्भका बारेमा आफ्ना धारणा राखेका थिए ।

यही असोज १६ गतेसम्म संचालन हुने तालिममा स्थानीय युवा क्लब तथा समूहका ५० जनाभन्दा बढी प्रतिनिधि सदस्यको सहभागिता रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *