Sajhamanch Archive

विद्यार्थीहरुलाई दुध खुवाएर मनाइयो तेश्रो विश्व स्कुल दुध दिवस

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । तेश्रो विश्व स्कुल दुध दिवसको अवसरमा शुक्रबार नेपाल डेरी एसोसिएसन झापाले विभिन्न विद्यालयका विद्यार्थीहरुलार्ई दुध खुवाएर मनाएको छ ।

दुधपान गरौ स्वस्थ्य रहौं भन्ने नाराका साथ नेपाल डेरी एसोसिएसन प्रदेश नम्बर १ अन्तरगत झापा जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ९ वर्ष मुनिका विद्यार्थीहरुलाई दुध खुवाएको नेपाल डेरी एसोसिएसन प्रदेश नम्बर १ का सचिव शरण कुमार पराजुलीले जानकारी दिए ।

कमल गाउँपालिका ३ का वडा अध्यक्षको प्रमुख अतिथ्यतामा शहिद धर्मभक्त माध्यमिक विद्यालयका ३ सय ५० जना विद्यार्थीहरुलाई दुध खुवाईएको थियो । ने झापा क्षेत्र नम्बर ५ ख का प्रदेश संसाद अर्जुन राईको प्रमुख अतिथ्यतामा दमक नगरपालिका स्थित दिपिनी आधरभुत विद्यालयका ३ सय जना विद्यार्थीहरुलाई दुध खुवाईएको नेपाल डेरी एसोसिएसन प्रदेश नम्बर १ का अध्यक्ष हेमचन्द्र खनालले जानकारी दिए ।

त्यसैगरी झापा क्षेत्र नम्वर १ संघीय सांसद राम कार्कीको प्रमुख अतिथ्यतामा मेचिनगर स्थित माहानन्द आधारभुत विध्यालयमा १ सय जना विद्यार्थीहरुलाई दुध खुवाएको नेपाल डेरी एसोसिएसन झापा जिल्ला उपाध्यक्ष सुमन चिमरियाले जानकारी दिए ।

बाह्रदशी गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष भुपेन्द्र कटुवालको प्रमुख अतिथ्यतामा कटरडाँगी आधारभुत विद्यालयका २ सय ५० जना विद्यार्थीहरुलाई दुध खुवाइएको एसोसिएसनमा झापा अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *