Sajhamanch Archive

सतासीधाम जेसीजद्वारा निर्मित सामुदायिक कभर्डलको उद्घाटन

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको सतासीधाम जेसीजद्वारा निर्मित सामुदायिक कभर्डहलको उद्घाटन गरिएको छ । शिवसताक्षीको दुधेमा एक कार्यक्रमका बीच कृषि मन्त्री माननीय झलकबहादुर दर्लामले उक्त कर्भडहलको उद्घाटन गरेका हुन् ।

२०७४ सालमा सतासीधाम जेसीजले  जग्गा खरिद गरेपछि जेसीज कभर्डहल निर्माणमा जुटेको थियो । प्रदेश सरकारको २२ लाख ५० हजार, शिवसताक्षी नगरपालिकाको ५ लाख र स्थानिय दाताको ४२ लाख ५० हजार गरेर कूल ७० लाखमा कवर्डहलको निर्माण भएको हो । त्यस मध्ये २० लाख जग्गा व्यवस्थापनमा खर्च भएको सतासीधाम जेसीजका वर्तमान अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।

प्रदेश सरकारका मन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत कर्भडहल निर्माण लागि २२लाख ५० हजार प्रदान गरेका थिए ।

कभर्डहल निर्माण भएपछि विभिन्न समारोह, उत्सव लगायत व्याडमिण्टनका खेलाडीलाई सहज भएको छ । हाल कभर्डहलमा विहानको समय दैनिक बेडमिन्टन खेल सञ्चालन हुने गरेको छ ।

यसैबीच सतासीधाम जेसीजले आज लागु पदार्थ दुव्र्यसनी न्युनिकरण सचेतना कार्यक्रम सम्पन्न गरेको छ । लागु पदार्थ दुव्र्यसनी विरुद्ध शिवसताक्षीको दुधेबजारमा प्लेकार्ड सहितका र्यालीले परिक्रमा पछि दुव्र्यसनी न्युनिकरण सचेतना गराइएको थियो ।

स्थानीय ध्रुवतारा माध्यमिक विद्यालय, क्याम्ब्रिज ईलिंस बोर्डिङ स्कूल, राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय, मेची ईलिंस बोर्डिङ स्कूलका विद्यार्थी र दुधे रिकभरी ग्रुपका सदस्यहरुको लागु औषध विरुद्धको सचेतना र्यालीमा सभागीता रहेको थियो ।

र्याली पश्चात करिब दुई सय विद्यार्थीलाई जेसीज कभर्डहलमा लागु औषध विरुद्ध सचेतना कार्यक्रम गरिएको जेसीज अध्यक्ष भट्टराईले जानकारी दिए ।
सचेतना कार्यक्रमको सहजिकरण नेपाल जेसिजका राष्ट्रिय प्रशिक्षक गोविन्द राज कटुवालले गरेका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत प्रकाश चौधरी, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष कुमार शिंह साँवा, नेकपा एमालेका शिवसताक्षी नगर अध्यक्ष मेघाहाङ्ग थोप्रा (रोषन), नेपाली कांग्रेसका पर्शुराम ढुंगाना, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भट्टराई, लायन्स क्लव अफ शिवसताक्षीका अध्यक्ष चन्द्रप्रसाद खनाल, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठ, धु्रवतारा आमाविका प्रिन्सीपल डम्बर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सतासीधाम जेसिजका कार्यकारी उपाध्यक्ष विवेक ढकालले स्वागत गरेको कार्यक्रमको आस्थावाचन कुसल कटुवाल र रोहित बस्नेतले जेसिजको मिसन भिजन बाचन गरेका थिए । कार्यक्रमको संचालन महासचिव दिपक पोख्रेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *