पञ्चकन्या देवी मन्दिर समितिको चौथो सभा सम्पन्न
Published:
by .भद्रपुर । भद्रपुर १० देउनिया स्थित पञ्चकन्या देवी मन्दिर व्यवस्थापन समितिको चौथो वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।
समितिका अध्यक्ष यादवप्रसाद भट्टराईको अध्यक्षता तथा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा मन्दिर व्यवस्थापनमा सहयोग गर्ने उत्कृष्ट व्यक्तित्वलाई सम्मान सहित सभा सम्पन्न गरिएको हो ।
कार्यक्रममा नेपाली काँग्रेस भद्रपुर १० का वडा सभापति विष्णुप्रसाद काफ्ले, राप्रपाका ख्याम भट्टराई, कुसुम भट्टराई, चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष पुरूषोत्तम अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी तथा मन्दिर संरक्षक गोपालबहादुर थापा विशिष्ठ अतिथि रहेको कार्यक्रममा पुरूषोत्तम अधिकारीले अक्षय कोष स्थापनाका लागि २५ हजार प्रदान गर्ने घोषणा समेत गरेका थिए ।
Comments