Sajhamanch Archive

श्रीलङ्कामा आन्दोलन रोक्न कर्फ्यु आदेशसँगै सामाजिक सञ्जालमा पनि प्रतिबन्ध

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार by .

झापा । श्रीलङ्कामा दैनिक उपभोग्य वस्तुको अभाव भएपछि चर्किएको आन्दोलन रोक्न कर्फ्यु आदेशसँगै सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको छ ।

हिजो बेलुकी ६ बजेदेखि ३६ घण्टे कर्फ्यु आदेश जारी गरेको श्रीलङ्का सरकारले सामाजिक सञ्जालको पहुँच पनि बन्द गरेको बीबीसीले जनाएको छ । श्रीलङ्कामा फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल बन्द गरिएका छन् । राष्ट्रपति गोटाबाय राजापाक्षेले अधिकारीहरूको लिखित अनुमति बाहेक कुनै पनि सार्वजनिक सडक, पार्क, रेल वा समुद्री किनारमा जान निषेध गरिएको आदेश जारी गर्नुभएको छ ।

प्रदर्शनकारीहरुले बिहिबार राष्ट्रपति भवन नजिकै गाडीमा आगजनी गरेपछि प्रदर्शन रोक्नका लागि देशव्यापी कर्फ्यु आदेश जारी भएको हो । सेनालाई बिना वारेन्ट पक्राउ गर्ने अधिकार दिइएको छ ।

टापु राष्ट्र श्रीलङ्का चरम आर्थिक सङ्कटमा फसेको छ । विदेशी मुद्राको अभावले इन्धन खरिद गर्न नसक्दा इन्धन, खाद्यन्न, औषधि लगायतको अभाव भएको छ । दैनिक कम्तीमा १२ घण्टा लोडसेडिङ भइरहेको छ । कागज खरिद गर्न नसक्दा माध्यमिक तहको परीक्षा समेत स्थगित गरेको श्रीलङ्काले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दीको सामना गरिरहेको छ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *