Sajhamanch Archive

रुसद्वारा युक्रेनको ओडेसामा ‘डरलाग्दो’ आक्रमण, पेट्रोलियम प्रशोधन केन्द्र ध्वस्त

Published: in मिडियाबाट साभार, विविधा by .

काठमाडौँ । रुसले युक्रेनको ओडेसामा ठूलो आक्रमण गरेको छ । रुसले क्षेप्यास्त्रमार्फत ओडेसामा रहेको पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रमा आक्रमण गरेको बीबीसीले जनाएको छ ।

रुसी आक्रमणबाट युक्रेनकै ठूलो मानिएको प्रशोधन केन्द्र ध्वस्त भएको र ओडेसाका आकाश कालो धुँवाले ढाकिएको खबरमा उल्लेख छ । पोल्ताभाका मेयरले रुसले गरेको आक्रमण निकै डरलाग्दो र ठूलोमध्येको एक रहेको बताएका छन् ।

युक्रेनको दक्षिणमा रहेको ओडेसा ब्ल्याक सी सँग जोडिएको र ठूला अन्तर्राष्ट्रिय बन्दरगाह भएका कारण रुसले कब्जा गर्न खोजिरहेको छ । यो बन्दरगाह कब्जा गरेमा रुसले लडाइँमा महत्त्वपूर्ण सफलता हात पार्ने भएकाले ओडेसामा आक्रमण बढाइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *