Sajhamanch Archive

शिवसताक्षीमा रिङ्गरोडले सबै वडा जोड्यो, दश किलोमिटर कालो पत्रे सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह, by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगर समृद्धको आधार मानेको रिङ्गरोड सडक पाँच वर्षमा १० किलोमिटर कालो पत्रे गरेको छ । नगर गौरवको आयोजनामा समेटिएको ३९ किलोमिटर सडकको १० किलोमिटर कालोपत्रे सम्पन्न गरेको हो ।

नगरपालिकाको धरमपुरबाट वडा नं. हुँदै सुरु भएको सडक माइधर सम्म आउँदा नगर सबै वडाहरुलाई छुने गर्दछ । सडकको काम गएको पाँचवर्षमा पुल, ग्राभेल, कल्र्भडहरु निर्माण भइसकेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

विशेष गरी नगरका दक्षिणी क्षेत्रको कृषि उत्पादनलाई सहजिलै रुपमा झापा ठुला बजारसम्म पु¥याउन सहज होसभन्ने उद्देश्यले नगरपालिकाले रिङ्गरोडको अवधाराणा ल्याएको थियो । दक्षिण क्षेत्र विकास हिसावलेपछि परेको र नगरपालिकासम्म आउन सबै वडाका बासिन्दाहरुलाई सहज हुने भएकाले पनि रिङ्गरोडको कामलाई महत्व दिएर गरिएको शिवतसाक्षी नगरपालिका मेयर चन्द्रकुमार सेर्माले जानकारी दिए ।

रिङ्गरोडको ३९ किलोमिटर निर्माणका लागि रु ७ करोड केन्द्रीय सरकार, २ करोड ३० लाख प्रदेश नं १ सरकारको लगानी र बाँकी रु ११ करोड ७० लाख नगरको रहेको नगरप्रमुख सेर्माले बताए ।

रिङ्गरोड निर्माणसँगै पर्यटकीय गन्तव्यका रूपमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरीसम्म आउने आन्तरिक तथा बाह्य पर्यटकका लागिसमेत सहज भएको छ ।

नगरको कुनै एक वडाबाट रिङ्गरोड प्रवेश गरे नगरपालिका क्षेत्र भित्रका धार्मिक तथा पर्यटकीय स्थलहरु दोमुखा, सताक्षीधाम र चिल्लागढ लगायत नगरका सबै वडाहरुमा पुग्न सकिने बताइएको छ ।

रिङ्गरोडलाई दुधे–शिवगञ्ज, झिलझिले–महाभारा र धरमपुर–पाँचगाछीको वैकल्पिक मार्गको रुपमा पनि प्रयोग गर्न सकिने नगरप्रमुखको भनाई छ ।

रिङ्गभित्र ५३ ओटा साना ठुला कल्भर्ड निर्माण गरिएको नगर उपप्रभुख भोजकुमारी नेपालले जानकारी दिइन् । उनले भनिन् , नगरपालिकाले रिङ्गरोडमा ठुलो लगानी खर्च भयो भन्ने आरोप आएपनि भविष्यमा रिङ्गले यहाँका नागरिकको आय आजनमा बृद्धि गर्ने छ । नगरमा रिङ्गरोड भित्र ४ ओटा ट्रङरोडहरु निर्माण भएका छन् जसले रिङ्गरोड सडकलाई जोडेका छन् ।

उक्त सडक ३ करोड ६३ लाखको लागतमा सो सडक निर्माण गरिएको नगरपालिकाले जनाएको छ । शुक्रबारे–लालझोडा, बहिदार चोक हुँदै नगरपालिका, मङ्गलबारे–धौलेचोक हुँदै नगरपालिका, पारावारी–सरस्वती प्राथमिक विद्यालय–धौलेचोक हुँदै नगरपालिका र माईधार–चिल्लागढ हुँदै नगरपालिकासम्म पुग्ने ट्रङ्करोड निर्माण गरिएको हो ।

नगरपालिकाले नागरिकको आधारभूत आवश्यताका आधारमा सडक, स्वास्थ्य, खानेपानी र शिक्षामा विशेष महत्वका साथ काम गरिएको उपप्रमुख नेपालको भनाई छ ।

शिवसताक्षी नगरपालिकाल रहेका अन्य सडकहरु पनि कालो पत्रे भएका छन् । डुडाँमारी, धरमपुर, दूधे, माइधर लगायत स्थानहरुका भित्री सडकहरुमा पनि कालो पत्रे भएका हुन् । केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारी कार्यक्रममा सडकहरु कालो पत्रे भएको नगरपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *