Sajhamanch Archive

सिटीजनले गर्यो दूर्घटना बीमा दाबीको भुक्तानी

Published: in अर्थतन्त्र by .

बिर्तामोड । सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीको बिर्तामोडले शाखाले पहिलो बीमा दाबी भुक्तानी गरेको छ ।

सिटीजनका बिमित मोरङ मिक्लाजुङ निवासी हिमाल पौडेललाई बिहीबार उनकै घरमा गएर दूर्घटना बीमा वापतको रकम ७४ हजार २५२ रुपैयाँ हस्तान्तरण गरिएको शाखा प्रमुख उत्तम कोइराले जानकारी दिए ।

केही दिनअघि सवारी दूर्घटनामा परी घाइते भएका पौडेललाई उपचार खर्चको लागि बीमा दाबी रकम प्रदान गरिएको शाखा प्रमुख कोइरालाले बताए ।

निवासमै एक संक्षिप्त कार्यक्रम गरी शाखा प्रमुख कोइराला, एजेन्सी म्यानेजर इश्वरीप्रसाद बराल, युनिट म्यानेजर सिर्जना पौडेल र कोपिला ओझा, इन्स्योरेन्स कन्सल्ट्यान्टहरु चूडामणि काफ्ले र कौशिला खतिवडाले संयुक्तरुपमा पौडेललाई चेक हस्तान्तरण गरेका हुन् ।
‘भरखरै बिर्तामोडबाट सेवा शुरु गरेको सिटीजनको शाखाबाट हिमालजीले हाम्रो इन्स्योरेन्स कम्पनीमा बीमा गराउनु भएको थियो, उहाँ दूर्घटनामा पर्नुभयो र हामीले सकेसम्म चाँडो बीमा दाबी भुक्तानी दियौं, यसले उहाँलाई धेरै राहत पुगेको हामीले महसुस गरेका छौं’ शाखा प्रमुख कोइरालाले प्रष्ट पारे ।

यसरी बीमितको घरमै पुगेर दाबी रकम भुक्तानी गर्दा बीमाप्रति जनमानसको विश्वास पनि बढ्दै गइरहेको उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *