Sajhamanch Archive

टाइफाइट बिरूद्ध भद्रपुरमा १७ हजार बालबालिकालाई खोप दिने तयारी

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by .

भद्रपुर । टाइफाइट बिरूद्ध भद्रपुरमा १७ हजार ९ सय १६ जना बाल बालिकालाई खोप लगाइने भएको छ ।

स्वास्थ्य शाखा भद्रपुरको आयोजनामा भएको राजनीतिक दल, सरोकारवाला शाखा प्रमुख तथा सञ्चारकर्मी सितको अन्र्तक्रिया कार्यक्रममा नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप अभियान अन्र्तगत बाल बालिकालाई विद्यालयमै पुगेर खोप लगाइने भएको हो ।

१५ महिना देखि १५ वर्षसम्म उमेर समूहका १७ हजार ९ सय १६ जना बालबालिका भद्रपुर नगरपालिका भित्र रहेको जानकारी दिँदै स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराई यो खोप लगाउन सवै पक्षको सहयोग औंल्याएका छन् ।

स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराइृले सहजीकरण गर्दै अन्य उमेर समूहमा भन्दा १५ महिनादेखि १५ वर्षसम्मका समूहका व्यक्तिहरूलाई रोगको संक्रमण ११ गुणा बढी हुने भएकाले पनि पहिलो चरणमा लक्षित समूहले खोप लगाउनै पनेृ प्रष्ट पारेका छन् । विद्यार्थीहरुलाई विद्यालयमै र विद्यालय नजाने बालबालिकाहरूलाई निर्धारित खोप केन्द्रमा यो सेवा उपलब्ध हुने पनि उनले बताएका छन् ।

उनका अनुसार दुई सयभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयलाई नजिकको केन्द्रमा खोप लगाउने प्रबन्ध मिलाइएको छ भने सो भन्दा बढी विद्यार्थी रहने विद्यालयमै खोप केन्द्रका रूपमा चैत्र २५ गतेदेखि ७ दिनसम्म खोप लगाइने छ । खोप लगाएपछि केही शारीरिक प्रतिक्रिया आउन सक्ने भए पनि कुनै क्षति नहुने हुँदा नडराउन समेत भट्टराईले आग्रह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *