Sajhamanch Archive

कानुन निर्माण सम्बधि एक दिने प्रशिक्षण

Published: in विविधा, समाज by .

सुरुङ्गा । प्रदेश तथा स्थानीय तह कानुन निर्माण र कार्यान्वयनको अवस्था विषयक एक दिने विचार गोष्ठी कनकाई नगरपालिका सुरुङ्गामा सम्पन्न भएको छ ।

प्रदेश सभा सचिवालयको आयोजनामा भएको उक्त कार्यक्रममा शिवसताक्षी नगरपालिका क्षेत्रका स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी गरि ४० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह दर्लामीले स्थानीय, प्रदेश र संघिय सरकारका विच समन्वय र सहअस्तित्वको सिद्धान्तबाट मात्रै कानुनहरु निर्माण गर्न सकिने बताए । कार्यक्रममा बोल्दै मन्त्री दर्लामीले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिएको भएपनि कानुन निर्माणका लागि यस विचमा गरेका कामका वारेमा समिक्षा हुन सक्ने बताए ।

कानुन निर्माणका लागि जनप्रतिनिधि र कर्मचारीको बरावरी भुमिका रहेको र दुबैको समन्वयमा धेरै काम भएको समेत मन्त्री दर्लामीले जानकारी दिए । कानुनी जटिलता फुकाउन समेत तीनै तहका सरकार र प्रतिनिधिहरुको भुमिका बराबर हुने बताए । कार्यक्रममा प्रदेश सांसद हिराकुमार थापा, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्र्रमुख भोजकुमारी नेपाल लगायातले शुभकामना राखेका थिए । कार्यक्रमको सहजीकरण प्रदेश सरकारका कानुन अधिकृत प्रमोद विकले स्थानीय कानुन निर्माण प्रकृया सम्बन्धि प्रशिक्षण दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *