प्रेस चौतारी माइ पश्चिम क्षेत्रीय कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
Published:
by .दमक । प्रेस चौतारी माइ पश्चिम क्षेत्रीय कमिटी झापाको चौथो अधिवेशनले अध्यक्षमा भुमिराज पराजुलीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।
दमकमा आज भएको अधिवेशनले उपाध्यक्षमा लक्ष्मी प्रसाद अधिकारी, सचिवमा कोशिष शिवाकोटी, सहसचिवमा सृष्टि गुरागाई, कोषाध्यक्षमा दिपेस पोखरेललाई सर्वसम्मत चयन गरेको हो । क्षेत्रीय कमिटीको सदस्यहरुमा मातृका पौडेल, जयकुमार राई, कमल कटुवाल, मन राईलाई चयन गरेको प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले जनाएको छ ।
अधिवेशनका प्रमुख अतिथि नेकपा एमाले झापा सचिव शिव ढुङगेलले प्राविधिको परिवर्तनसंगै पत्रकारले पनि आफैलाई परिवर्तन गर्दै समयले मागेको सीपमा दक्ष हुनु पर्ने बताए। पत्रकारिताको माध्यमबाट अब्बल कायम गर्नु पर्ने सचिव ढुङगेलको भनाई रहेको थियो। उनले अहिले देश स्थानिय निर्वाचनमा होमिएको हुदा सत्यताई टेकेर आम नागरिकलाई सु सुचित गर्नु पर्ने बताए। निजी स्वास्थ्य र आस्थाको आधारमा समाचारलाई तोडमोड गर्न नहुने उहाँको तर्क छ ।
संगठनका जिल्ला अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा प्रदेश सह इन्चार्ज टिकाराम उप्रेतीले पत्रकारहरु संख्यामा भन्दा पनि सीप क्षमतामा दक्ष हुनु पर्ने बताए ।
पत्रकार महासंघ १ न.प्रदेश कोषध्यक्ष विमल लामिछाने,प्रेस युनियन झापा उपसभपति गिरीराज भटराई, पत्रकार मञ्च दमक संस्थापक अध्यक्ष गंञ्ज बहादुर दाहाल र प्रेस चौतारी १न.प्रेदश युवराज विवश लगायतले मन्तब्य राखेका थिए ।
Comments