विर्तामोड नगरपालिकामा नगरप्रमुख तथा उपप्रमुख पदका लागि ५/५ जनाको उम्मेद्वारी, निर्वाचन हुँदै
Published: (Updated: )
by .विर्तामोड । झापा विर्तामोड नगरपालिका नेकपा एमालेका नगरप्रमुख र उपप्रमुख पदका लागि ५/५ जनाले उम्मेद्वारी दिएका छन् । आसन्न स्थानीय तह निर्वाचनमा नगर प्रमुख तथा उपप्रमुख पदका आकांक्षीहरुलाई छनौटका लागि पार्टीले गरेको निर्वाचनमा ५/५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
नगरप्रमुख पदका लागि पवित्रादेवी महतरा प्रसाई, एकराज कार्की, ध्रुवकुमार शिवाकोटी, उमानाथ ओली र नगेन्द्रप्रसाद संग्रौलाले उम्मेद्वारी दिएको विर्तामोड नगर कमिटीले जनाएको छ ।
प्रसाई २०७४ सालको निर्वाचनबाट उपप्रमुख पदकी निर्वाचित हुन् । त्यस्तै कार्की प्रदेश सभा सदस्य हुन् । शिवाकोटी हाल विर्तामोड नगरपालिकाका नगरप्रमुख हुन् । त्यसैगरी उम्मेद्वारी दर्ता गराएका ओली मेची क्याम्पस प्रमुख हुन् भने संग्रौला हाल विर्तामोड नगरपालिका वडा नं. २ का वडाध्यक्ष हुन् ।
त्यसैगरी उप्रमुख पदका लागि गणेश पोख्रेल, भिमा शिवाकोटी, देवराज कार्की, बद्रीप्रसाद भट्टराई, प्रविण पोख्रेलले उम्मेद्वारी दिएको नगर कमिटीले जनाएको छ ।
गणेश पोख्रेल र भिमा शिवाकोटी पत्रकार हुन् । देवराज कार्की निजामति सेवा निबृत्त कर्मचारी हुन् भने बद्रीप्रसाद भट्टराई पार्टी २ नं. क्षेत्रीय संयोजक र जिल्ला कमिटी सदस्य हुन् । त्यस्तै प्रविण पोख्रेल पार्टीका जिल्ला कमिटी सदस्य हुन् ।
Comments