Sajhamanch Archive

नेकपा एमाले शिवसताक्षीको मेयर पदमा ९ र उपमयेर पदका ८ आकांक्षीको उम्मेद्वारी, निर्वाचन प्रकृया सुरु

Published: (Updated: ) in राजनीति by .

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीका मेयर पदका लागि ९ जनाको उम्मेद्वारी परेको छ । त्यस्तै उपमेयर पदका आकांक्षी छनौटका लागि गरिएको निर्वाचनमा ८ जनाको उम्मेद्वारी परेको शिवसताक्षी नगरकमिटीले जनाएको छ ।

आसन्न स्थानीयतहको निर्वाचनका लागि नेकपा एमालेबाट उम्मेद्वार सर्वसम्मत नभएपछि नगरकमिटीले निर्वाचन प्रकृयाबाट उम्मेद्वार छनौट गर्न लागेको हो । शुक्रबार शिसताक्षीको दूधे गरिएको निर्वाचनमा मेयरपदका लागि चन्द्रकुमार सेर्मा, धनबहादुर थेवे, धनप्रसाद लिम्बु, मेघहाङ थोप्रा (रोसन), राजिव घिमिरे, राधाकृष्ण खनाल, रामचन्द्र दाहाल लिलाप्रसाद भट्टराई र होम प्रसाद गौतमले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै उपमेयर पदका लागि कल्पना चम्लागाई (कोपिला), भरत इन्दिार बस्नेत, गीतादेवी खरेल, जयनारायण अधिकारी, नरमाया कार्की, पवित्रा लिम्बु, भोजकुमारी नेपाल र मनमाया तिवारीको उम्मेद्वारी परेको नेकपा एमाले शिवसताक्षी नगरकमिटीले जनाएको छ ।

मेयर पदका आकांक्षी, चन्द्रकुमार सेर्मा २०७४ सालको निर्वाचनमा निर्वाचित मेयर तथा प्रदेश कमिटी सदस्य हुन् । धनबहादुर थेवे शिवसताक्षी नगर इन्चार्ज र जिल्ला कमिटी सदस्य, धनप्रसाद लिम्बु दोमुखा पर्यटन बोर्डका अध्यक्ष हुन् । त्यसैगरी मेघहाङ थोप्रा (रोसन) हाल नगर कमिटी अध्यक्ष, राजिव घिमिरे प्रदेश कमिटी सचिवालय सदस्य, राधाकृष्ण खनाल प्रदेस कमिटी सदस्य हुन् । रामचन्द्र दाहाल र लिलाप्रसाद भट्टराई पुराना एमाले कार्यकर्ता र होमप्रसाद गौतम प्रदेश कमिटी सल्लाहकार सदस्य हुन् ।

त्यस्तै उपमेयर पदका आकांक्षी कल्पना चम्लागाई (कोपिला) अ.ने.म.संघ क्षेत्रीय अध्यक्ष, गीतादेवी खरेल जिल्ला कमिटी सदस्य तथा हाल कार्यपालिका सदस्य हुन् । जयनारायण अधिकारी पुराना एमाले कार्यकर्ता, नरमाया कार्की जिल्ला कमिटी सचिवलाय सदस्य र पवित्रा लिम्बु जिल्ला कमिटी सदस्य हुन् । त्यसैगरी भरत इन्दिरा बस्नेत पूर्व क्षेत्रीय कमिटी सदस्य भोजकुमारी नेपाल यस अघिको निर्वाचनमा उपमेयर पदमा निर्वाचित र प्रदेश कमिटी सदस्य हुन् भने मनमाया तिवारी नगरकमिटी सदस्य हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *