Sajhamanch Archive

नेकपा एमाले शिवसताक्षी मेयरका आकांक्षी थोप्रा र उपमेयरकी आकांक्षी नेपाल टप वानमा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, by .

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी नगरका आकांक्षीहरुको पार्टीको आन्तरिक चुनावमा मेघहाङ्ग थोेप्रा (रोसन) टप वान परेका छन् ।

त्यस्तै राधाकृष्ण खनाल टप टुमा पर्न सफल भएको समचार स्रोतले बताएको छ । विश्वस्त समाचार स्रोतका अनुसार उपमयरमा भोजकुमारी नेपाल टप वनमा परेकी छन् भने, भरत इन्दिरा बस्नेत टप टुमा पर्न सफल भएको बताइएको छ ।

आसन्न स्थानीयतहको निर्वाचनका लागि नेकपा एमालेबाट उम्मेद्वार सर्वसम्मत नभएपछि नगरकमिटीले निर्वाचन प्रकृयाबाट उम्मेद्वार छनौट गर्न हिजो मात्र निर्वाचन गरेको थियो ।

जसको मेयरपदका लागि चन्द्रकुमार सेर्मा, धनबहादुर थेवे, धनप्रसाद लिम्बु, मेघहाङ थोप्रा (रोसन), राजिव घिमिरे, राधाकृष्ण खनाल, रामचन्द्र दाहाल लिलाप्रसाद भट्टराई र होम प्रसाद गौतमले उम्मेद्वारी दिएका थिए ।

त्यस्तै उपमेयर पदका लागि कल्पना चम्लागाई (कोपिला) भरत इन्दिरा बस्नेत, गीतादेवी खरेल,  नरमाया कार्की, पवित्रा लिम्बु, भोजकुमारी नेपाल र मनमाया तिवारीको उम्मेद्वारी परेको थियो ।

टप वान पर्न सफल थोप्रा हाल नेकपा एमाले शिवसताक्षी नगर कमिटी अध्यक्ष हुन् भने टप टुमा पर्न सफल राधाकृष्ण खनाल प्रदेस कमिटी सदस्य हुन् ।

उमेयरमा टप वानमा परेकी नेपाल प्रदेश कमिटी सदस्य तथा हाल शिवसताक्षी नगरपालिकाकी उपमेयर हुन् भने भरत इन्दिरा बस्नेत पार्टीको पूर्व क्षेत्रीय कमिटी सदस्य हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *