Sajhamanch Archive

विर्तामोड नगरपालिकाद्वारा कृषकलाई च्यापकटर र मकै छोडाउने मेसिन वितरण

Published: in समाज, स्थानीय तह by .

झापा । बिर्तामोड नगरपालिकाले कृषकहरुलाई च्यापकटर र मकै छोडाउने मेसिन वितरण गरेको छ ।

नगरपालिकाको कृषि विकास शाखा र पशुपंछि मत्स्य विकास शाखाले सहारा नेपाल साकोससंगको लागत साझेदारीमा ६० थान च्यापकटर र २५ थान मकै छोडाउने मेशिन वितरण गरेको हो । शनिबार एक कार्यक्रमका विच नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महातारा प्रसाई र सहारा नेपाल साकोस चारपानेका सहसचिव ज्ञानुनाथ मैनालीले संयुक्तरुपमा उक्त सामाग्री वितरण गरेका हुन् ।

मकै छोडाउने मेशिन विभिन्न वडाका २५ वटा कृषक समुह र च्यापकटर ६० जना कृषकहरुलाई वितरण गरीएको पशुपंछि तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिए । आर्थिक वर्ष २०७८÷०७९को वार्षिक स्विकृत कार्यक्रम अनुसार सामाग्री वितरण गरीएको जनाइएको छ । मेशिन वितरण कार्यक्रममा विर्तामोड ९ की वडाध्यक्ष पवित्रा पाठक,सहारा नेपाल साकोसका शंकर रिजाल,नगरको कृषि विकास शाखा प्रमुख राजेन्द्रप्रसाद कडरिया लगायतको उपस्थिति रहेको थियो ।

बिर्तामोड नगरपालिकाले यस अघिका वर्षहरु देखिनै कृषकहरुलाई पावर टेलर,मकै छोडाउने मेशिन,धान काट्ने मेशिन,चिया टिप्ने मेशिन,मिनि टेलर,ग्रिनेट स्प्रे टयाङ्की लगायतका विभिन्न उपकरण तथा सामाग्रीहरु वितरण गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *