श्रीमानको हत्या गरी प्रहरीमा आत्मसमर्पण
Published:
by .धनगढी । कैलालीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्। आइतबार राति मोहन्याल गाउँपालिका–१ राक्सा बस्ने बर्ष ३३ की थुमा थापामगरले ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेकी हुन्।
उनले घरायसी विवादका कारण हँसियाको प्रयोग गरी श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ। श्रीमानको हत्या गरेर थुमाले सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा आत्मसमर्पण गरेकी छिन्।
घटनास्थलमा इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी टोली खटिएको छ। उक्त घटनास्थल पुग्न ४–५ घण्टा लाग्ने भएकोले विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Comments