Sajhamanch Archive

युवा संघले बनायो जेब्राक्रस

Published: in समाज by .

बिर्तामोड । युवा संघ नेपाल बिर्तामोड नगरकमिटीले बिर्तामोडका सडकमा जेब्राक्रस बनाएको छ।

ठूला चाडपर्वहरु नजिकिएसंगै बजार एरियामा हुने भिडभाड र सम्भावित दूर्घटना न्यूनीकरण गर्न जेब्राक्रस बनाइएको नगरकमिटी इन्चार्ज केशव भण्डारीले बताए ।

प्रदेश एकका सांसद एकराज कार्किको प्रमुख आथित्य रहेकोको कार्यक्रममा नगरकमिटी अध्यक्ष पारस संग्रौलाको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा संघका केन्द्रीय सदस्य त्रिलोचन सापकोटा ,प्रत्युस आजाद राना मगर लगायतले युवाको कार्यक्रम महत्त्वपूर्ण रहेको बताए ।

सदस्य ब्रद्री प्याकुरेलको स्वागत रहेको कार्यक्रममा प्रदेश सांसद तेजमान कन्दङवा, बिर्तामोड नगर उपप्रमुख पबित्रा महतरा प्रसाईं, दुई नम्बर वडाध्यक्ष नगेन्द्र संग्रोला, पाँच नम्बर वडाध्यक्ष राजेन्द्र लिङदेन, नेकपाका नेता ज्ञानुराम प्रसाईं लगाएतको सहभागिता थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *