Sajhamanch Archive

कमल गाउँपालिकाले हावाहुरीबाट भएको क्षतिको विवरण संकलन गर्ने

Published: in समाज, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकाले गत चैत २७ गते हावाहुरी सँगै आएको असिना पानीबाट भएको क्षतिको विवरण संकलन गरी राहत प्रदान गर्ने भएको छ ।

गाउँपाकिा स्तरिय विपद् व्यवस्थापन समितीको आज बसेको बैठकले हावाहुरी सँगै आएको असिना पानीबाट भएको क्षतिको विवरण संकलन गर्ने र प्राप्त विवरणको आधारमा घरवासमा समस्या भएका जनतालाई पहिलो प्राथमिकतामा राखेर राहात सामाग्री प्रदान गरीने गाउँपालिकाका उपाध्यक्ष वेनु सिवाकोटीले बताए ।

हावाहुरी सँगै आएको असिना पानीबाट टिनका छाना भएका घरमा बढी क्षती भएको थियो भने कृषकले लगाएका तरकारी बालिलाई असिनाले पुरै नष्ट गरेको थियो ।

असिना पानीबाट भएको क्षतीको विवरण संकलनका लागी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ईन्द्र अर्यालको संयोजकत्वमा रेडक्रस सोसाईटी उपशाखा लखनपुर ,कमल उद्योग वाणिज्य संघ,प्रहरी चौकी केर्खा र तोपगाछीका प्रतिनिधी रहनेगरी पाँच सदस्य समिती गठन गरेको छ । सो समितीते ७ दिन भित्रमा विवरण पेश गर्ने र त्यसको आधारमा राहात सामाग्री प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका की अध्यक्ष तथा विपद् व्यवस्थापन समितीकी संयोजक मेकुका काफ्ले को अध्यक्षतामा बसेको बैठमा गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटी, प्रमुख प्रशासकिय अधिकृत काजिमान राई,वाड अध्यक्ष, रेडक्रस प्रतिनिधी,सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *